play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

राजनीति संयुक्त समितिमा रहने ११ सदस्यको नाम घोषणा

0

भदौ,३० ।

प्रतिनिधि सभाले संघीय संसद अन्तर्गतको संयुक्त समिति, राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्याङ्कन समिति गठन गरेको छ । बैठकमा सभामुख कृष्णबहादुर महराले उक्त समितिमा प्रतिनिधि सभाका तर्फबाट रहने ११ जना सदस्यहरूको नाम पढेर सुनाएका थिए । समितिका सदस्यहरूमा अनिल कुमार झा, गणेशसिंह ठगुन्ना, निरादेवी जैरु, प्रभु शाह, भीम रावल, डा. मिनेन्द्र रिजाल, लक्ष्मी परियार, खेम लोहनी, दुर्गा पौडेल, पम्फा भुषाल र देवप्रसाद तिमल्सेना रहेका छन । १५ सदस्यीय उक्त समितिमा चार जना सदस्य भने राष्ट्रिय सभाबाट रहने संवैधानिक व्यवस्था रहेको छ । यसैगरी बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभाबाट पठाइएका १२ वटा मौलिक हकसँग सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएर आएको सन्देशबारे जानकारी गराएका थिए । यस्तै प्रतिनिधि सभाले प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचनको मिति यहि असोज ५ गते ११ वजेका लागि तोकेको छ । यसअघि पटकपटक सर्दै आएको निर्वाचन मिति फेरि तोकिएको हो । प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउसो ३ बजे बस्नेगरी स्थगित भएको छ ।

Share.

Leave A Reply