play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

सप्तरीको फ्लुले सुनसरीमा सतर्कता , जिल्लाभरका स्वास्थ्य संस्थालाई अलर्ट रहन निर्देशन

0

भदौ ३१ ।
सप्तरीमा दुई प्रकारका फ्लु एकसाथ देखिएपछि छिमेकी जिल्ला सुनसरीमा सतर्कता अपनाउन थालिएको छ । फ्लु देखापरेको क्षेत्रलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरिएसँगै सुनसरी समेत जोखिममा पर्न सक्ने भन्दै सतर्कता अपनाउन थालिएको हो । सप्तरीसँग सुनसरीको कोशी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको भूभाग जोडिने हुँदा भित्रिन सक्ने महामारी कारण सुनसरीमा समेत सम्भावित जोखिम क्षेत्रका रुपमा हेरिएको छ । भिडभाड, आवतजावत र रुघाखोकी सँगै ज्वरो जस्ता संक्रमणको अवस्थामा रोग फैलिन सक्ने भएकाले सीमावर्ती सुनसरीमा सावधानी अपनाउन थालिएको हो । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले सम्भावित प्रकोपलाई मध्यनजर गर्दै जिल्लाभर हाइअलर्ट जारी गरेको छ । मातहतका सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई आइपर्न सक्ने विपद्लाई मध्यनजर गर्दै तयारी अवस्थामा रहन निर्देशन दिइएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । औषधिको जोहो सहित स्वास्थ्यकर्मीहरुलाई पूर्ण तयारीका साथ ड्युटीमा खटिन निर्देशन दिइएको इनरुवा अस्पतालकी मेसु डाक्टर विना शाक्यले जानकारी दिनुभयो ।

Share.

Leave A Reply