play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

गोन्द्राङमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

0

३१ भदौ, भरतपुर महानगरपालिका–१२ को गोन्द्राङमा हिजो साँझ बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५५ वर्षीय पुरुष व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ती व्यक्तिको सनाखत हुन सकेको छैन ।प्रहरीका अनुसार नारायणगढबाट रत्ननगरतर्फ जाँदै गरेको बा१७च ५३४७ नंको बोलेरोले उनलाई ठक्कर दिएको हो । बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बोलेरो र चालक प्रहरीको नियन्त्रणमा छन् । (रासस)

Share.

Leave A Reply