play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको पहिरो जादा २ जनाको मृत्यु, ८ जना घाइते

0

३१ भदौ, रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको अडिट २ मा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ ।गएराति ९ बजे आयोजनाको अडिट २ मा पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो ।मृत्यु हुनेमा रुकुमको भूमे गाउँपालिका–२ का ४८ वर्षीय भिम रोक्का र मकवानपुरको हेटौंडा–११ का २२ वर्षीय रमेश कर्पौला रहेका छन् ।पहिरोमा परी गम्भीर घाईते तीन जनालाई उपचारका लागि रातीनै काठमाडौं लागिएको छ ।एक जनाको भने जिल्ला अस्पताल धुन्चेमा उपचार भइरहेको छ ।पहिरोमा परेका अन्य ४ जना भने स्वास्थ्य चौकी टिमुरेमा सामान्य उपचारपछि घर फर्किएको रसुवाका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।

Share.

Leave A Reply