play_circle_outline On Air

यगना हमार

play_circle_outline On Air

यगना हमार

रत्ननगरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रशंसा पहिलो

0

भदौ २९। रत्ननगरमा रहेका सुकुम्वासी र गरिव समुदायका वालवालिकाबीच आयोजित वकृत्वकला प्रतियोगितामा प्रशंसा लामा प्रथम भएकी छिन् । वाल दिवसको अवसर पारेर शुक्रवार रत्ननगर समृद्धी वाल क्लवले माझी मुसहर टोलमा आयोजना गरेको वढ्दो वालिका वलात्कृत विषयक वकृत्वकला प्रतियोगितामा लामा प्रथम भएकी हुन् । प्रतियोगितामा महेश माझी,सुमन माझी र प्रेमकुमार माझी क्रमशःप्रथम,द्धितिय र तृतिय भए । प्रतियोगिताका विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी रत्ननगर ८ का वडा सदस्य नेत्रलाल गिरी र माझी मुसहर टोल विकास संस्थाकी अध्यक्ष वासमती माझी,लुमन्ती आवासका लागि सहयोग समुह रत्ननगरका संयोजक सिंहवहादुर लामाले पुृरस्कार प्रदान गरे । प्रतियोगितामा १४ जना वालवालिकाहरुको सहभागीता रहेको थियो । लुमन्ती संयोजक लामा,पत्रकारहरु धु्रवराज खनाल र केदार आचार्य प्रतियोगिताका निर्णायक थिए । प्रतियोगितामा वालवालिकाहरुले करिव डेढ महिना अघि निर्मला पन्तको वलात्कार पछि भएको हत्यालाई वढि केन्द्रित गरेका थिए ।

Share.

Leave A Reply