असोज ५ देखि १५ सम्म चनौली महोत्सव हुने

0

भदौ २९, भरतपुर ।

आमा कल्याण समूह चनौली तथा चनौली बजार व्यवस्थापन समितिको आयोजनामा चनौली महोत्सव हुने भएको छ । आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत् आयोजक समूहले सोको जानकारी दिएको हो । असोज ५ गतेदेखि १५ गतेसम्म चल्ने महोत्सवमा विभिन्न साना र ठूला गरी करिब १५९ वटा स्टलहरू रहने बजार व्यवस्थापन समितिका अध्यक्ष गौतमराज जानकारी दिनुभयो । आयोजक कमिटिले दिएको जानकारी अनुसार महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, विभिन्न जनजातिको सांगीतिक प्रस्तुति, एसीयाकै होची महिलाको प्रस्तुति, चनौली आइडल, बाल उद्यान लगायतका मनोरञ्जनका सामग्री रहनेछन् । पोख्रेलले महोत्सवमा ५० हजारभन्दा बढी अवलोकनकर्ता आउने लक्ष्य लिएको भन्दै महोत्सवबाट उठेको रकम २५० सिट क्षमताको सभा हल निर्माणका लागि खर्च गरिने बताउनुभयो । उहाँले महोत्सवले कृषि, पर्यटन, उद्योग, व्यापार र चनौली क्षेत्रको विकासका लागि कोशेढुंगाको भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको दाबी गर्नुभयो । महोत्सवमा साधारण प्रवेश टिकटको शूल्क ७० रुपैयाँ निर्धारण गरिएको छ भने विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

Share.

Leave A Reply