play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

हुण्डाइको विद्युतीय गाडी अब नेपालमा

0

भदौ २९ ।

नेपालका लागि हुण्डाइ मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बिजुलीबाट चल्ने नयाँ कार भित्र्याएको छ । काठमाडौंमा जारी ‘नाडा अटो सो २०१८’ मार्फत सार्वजनिक गरिएको हुण्डाइ आइओनिक नेपालमा पहिलो इलेक्ट्रिक सेगमेन्टको गाडी भएको उसले जनाएको छ । कम्पनीका अनुसार सो गाडीमा २८ किलोवाट आवर लिथियम आयोन पोलिमर ब्याट्रीमा कनेक्ट हुने ८८ किलोवाटको इलेक्ट्रोनिक मोटर रहेको छ । एक पटक चार्ज गरेपछि यो मोटरले २०० देखि २५० किलोमिटरको ड्राइभिङ दिने जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । साथै यो गाडीमा ११० भोल्ट आउटलेटमा सजिलै प्लग गर्न मिल्ने ओबीसी चार्जर रहेको पनि जनाइएको छ ।

Share.

Leave A Reply