play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

निर्मला हत्याका अपराधी चाडै कानुनको कठघरामा उभिनेछन् ः गृहमन्त्री थापा

0

भदौ २९ ।
गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको जबरजस्तीकरणी पश्चात हत्या गर्ने अपराधीलाई छिट्टै कानुनको कठघरामा ल्याइने प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा समय मागेर उक्त विषय लगायतमा जानकारी दिएका उनले पन्तका जबरजस्तीकरणी र हत्यामा संलग्नलाई छिटोभन्दा छिटो पत्ता लगाउन सरकार प्रतिवद्ध रहेको बताएका हुन । उनले सरकारले उक्त घटनाको अनुसन्धान गर्नका लागि विभिन्न समिति पठाएको पनि जानकारी दिए । उनले उच्च स्तरीय छानबिन समिति गठन भएको र प्रहरीको तर्फबाट पनि छानबिन तथा अनुसन्धान समिति पठाइएको बताएका छन । छानबिनका क्रममा सुरक्षा चुनौती रहेको भन्दै राजीनामा दिएका उच्च स्तरीय समितिका सदस्य वीरेन्द्र केसीको राजीनामा फिर्ता भएको पनि उनले जानकारी दिए । उनले समितिका सदस्यको सुरक्षामा गृह मन्त्रालय दृढ रहेको बताए । कञ्चनुपर घटनाको छानबिन प्रतिवेदन अन्तिम चरणमा पुगेको गृहमन्त्री थापाले जानकारी दिए । उनले सदनले पनि गम्भीर चासो देखाएको र दोषीहरूलाई कानुनको दायरामा ल्याउन गृह मन्त्रालय प्रतिवद्ध रहेको बताए ।

Share.

Leave A Reply