play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

विराटनगरबाट ४ जना चेलीको उद्धार

0

विराटनगर महानगरपालिका १५ एक नम्बर ढाटबाट बुधबार ४ जना चेलीको उद्धार गरिएको छ । विराटनगरबाट जोगवनी हुँदै ओमानतर्फ जाने क्रममा धनकुटा नगरपालिका(१० बस्ने ३७ वर्षीया, दमक नगरपालिका(१ बस्ने २० वर्षीया, धनकुटा नगरपालिका(३ बस्ने २४ वर्षीया र काठमाडौं महानगरपालिका(३५ बस्ने २८ वर्षीया चेलीहरुको उद्धार गरेको हो । सीमा नाकामा सुरक्षार्थ खटिएको नेपाल प्रहरी र साना हात नामक संस्थाले सोधपुछ गर्ने क्रममा शंका लागि उनीहरुलाई उद्धार गरिएको हो । उनीहरुलाई विश्व सेवा विस्तार संस्थाको संरक्षणमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Share.

Leave A Reply