play_circle_outline On Air

जेनेरेशन एक्स

play_circle_outline On Air

जेनेरेशन एक्स

बस दुर्घटना हुँदा २४ जना घाइते, ६ को अवस्था गम्भीर

0

डोटीमा बस दुर्घटना हुदा २४ जना घाईते भएका छन । तिमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दार्चुलाबाट महेन्द्रनगरका आउँदै गरेको ना ५ ख ९११४ नम्बरको बस विहिवार विहान ३ बजेतिर डोटीको जोरायल गाउपालिका, २ को अठासी मोड भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।

बस सल्लाको रुखमा अडकिएको अवस्थामा फेला परेको र यात्रुहरुलाई भिरबाट उद्धार गरि उपचारका लागि अत्तरीयाको पदमा अस्पताल पठाईएको डोटीका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक लाल बहादुर धामीले जानकारी दिए ।

बस दुर्घटनाको कारण भने खुल्न सकेको छैन । बस सडकबाट करिव एक सय मिटर तल खसको थियो । बसका चालकसहित सवै घाईते भएका हुन । घटनाको थप विवरण आउन बाकी छ ।

Share.

Leave A Reply