play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

साल्ट टे«डिङ कर्पाेरेशन सेवामूलक बन्नुपर्छ ः मन्त्री यादव

0

भदौ २७ ।
साल्ट ट्रेडिङ कर्पाेरेशनले नेपाल वनस्पति घ्यू उद्योगबाट तोरीको तेल उत्पादन गर्ने भएको छ । बन्द अवस्थाको सो उद्योगलाई नियमित गरी कर्पाेरेशनले छिट्टै तोरीको तेल उत्पादन गर्न लागेको हो । विराटनगरस्थित मोरङ सुगर मिल्स लिमिटेडमा कृषि औजारहरु खरीद गरी उखुखेतीलगायत अन्य खेतीमा आधुनिकरण गर्न शुरु गरेको कर्पाेरेशनले जनाएको छ । कर्पाेरेशनको ५६ आँै वार्षिकोत्सका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । पछिल्लो समय कर्पाेरेशनले बिक्री वितरण गर्दै आएको आयोडिनयुक्त नुनको प्रयोग गर्ने घर परिवारको सङ्ख्या ९१ प्रतिशत माथि पुगेको छ । नेपाल नुनलाई आयोडिनयुक्त गर्ने विश्व संस्थाको सदस्य राष्ट्र हो । सो संस्थाले आयोडिनयुक्त नुनको प्रयोग ९० प्रतिशत भन्दामाथि बनाउने लक्ष्य निर्धारण गरेको छ ।

Share.

Leave A Reply