विरगञ्ज, भदौ,२५ ।
पर्सामा विभिन्न अपराधिक गतिविधिमा संलग्न भइ फरार रहेका २ सय ३६ जना फरार अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले फरार अभियुक्त पक्राउ अभियानलाई तीब्र बनाएपछि उनीहरु पक्राउ परेका हुन् । चालु आर्थिक २०७५र७६ मा ५ जना र गत आर्थिक वर्ष ०७४र ७५ मा २ सय १६ जना गरी २ सय ३१ जना फरार अपराधी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेका मध्ये १५ जना महिला रहेका छन् । लागु औषध, सवारी ज्यान, कर्तव्य ज्यान, किर्ते जालसाजी, ठगी, अपहरण तथा शरीर बन्धक मुद्धाका २३१ जना फरार अभियुक्तलाई पक्राउ गरी आवश्यक कारबाहीका जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
पर्सामा २३६ जना फरार अभियुक्त पक्राउ
0
Share.