play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

अन्तरदेशीय प्रशारण लाइन अघि बढाउने विषयमा चीनसँग छलफल हुने

0

भदौं, २५ ।
नेपालले यसअघि गरिएको सम्झौता कार्यन्वयनका विषयमा चिनियाँ पक्षसँग छलफल गर्ने भएको छ । आगामी सेप्टेम्बर २७ र २८ गते काठमाडौंमा हुने संयन्त्रको पहिलो बैठकमा नेपाल र चीनबीच यस विषयमा छलफल हुने भएको हो । छलफलका लागि चिनियाँ पक्षले एजेण्डा पठाउन नेपाली पक्षसँग आग्रह गरेपछि नेपाल–चीन बीचको अन्तरदेशीयय प्रशारण लाइन र ग्रीड कनेक्शन, दुई देशको बीचमा जोइन्ट भेन्चरमा निर्माण गर्न सकिने सम्भावित जलविद्युत परियोजना र उर्जा क्षेत्रमा गर्न सकिने अन्य सम्भावनाबारे छलफल गर्ने एजेन्डा तयार गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको गत जुनमा भएको चीन भ्रमणको बेला नेपाल र चीनबीच उर्जा सम्झौतामा हस्ताक्षर भएको थियो । यस्तै गत २१ जुनमा भएको प्रधानमन्त्रीको चीन भ्रमणको बेला नेपालले पठाएका सात वटा जलविद्युत आयोजना र ६ वटा प्रशारण लाइनलाई अघि बढाउने विषयमा समेत बैठकमा छलफल हुने उर्जामन्त्रीका वर्षमान पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।

Share.

Leave A Reply