play_circle_outline On Air

काउँनडाउन शो

play_circle_outline On Air

काउँनडाउन शो

बंगलादेशमाथि शानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा

0

२३ भदौ, नेपाल साफ च्याम्पियनशिप फुटबलको सेमिफाइलनमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशलाई दुई शूुन्यले हराउँदै नेपाल समूह विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।नेपाललाई जिताउन विमल घर्तिमगर र नवयुग श्रेष्ठले गोल गरे । ३३ आंै मिनेटमा विमलले प्रहार गरेको फ्रिकिक बंगलादेशी गोलकिपरको हातबाट फुत्किंदै गोल भएको थियो । खेलको ९० औं मिनेटमा नवयुगले अर्को गोल गरेका थिए । नेपालले अर्को समूहको उपविजेतासँग खेल्नेछ । अर्को समुहबाट कुन टीम विजेता र उपविजेता बन्ने भन्ने टुंगो लागिसकेको छैन । आजको पहिलो खेलमा भुटानलाई पाकिस्तानले हराएपछि नेपालले बंगलादेशलाई हराउनैपर्ने दबाब थियो । लगभग ३ हजार दर्शक रहेको बंगबन्धु रंगशालामा नेपालले त्यसै अनुसारको खेल खेल्दै जीत मात्र हात पारेन समुह विजेता पनि बनेको हो ।नेपाल रहेको समुहबाट पाकिस्तान उपविजेता बनेको छ भने आयोजक बंगलादेश समुह चरणबाटै बाहिरिएको छ ।

Share.

Leave A Reply