play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

नजिकीदो पर्व संगै फलफूलको बढ्दो माग, जिल्ला फलफूलमा आत्मनिर्भर हुन सकेन

0

सुनिता लामा , भदौ २३ ।
चाडपर्व नजिकिँदै गर्दा चितवनमा फलफूलको माग बढेको छ । फलफूल पसलमा उपभोक्ताको चाप बढ्दै गैरहेको छ । जिल्लामा केरा मात्र उत्पादन हुने भएपछि अन्य फलफूलको लागी व्यापारीहरूले बाहिरी जिल्ला र छिमेकी मुलुक भारत तथा चिनबाट आयात गर्ने गरेका छन । जिल्लामा बिक्री हुने अधिकांश फलफूल बाहिरी जिल्लाबाट ल्याइने गरेको व्यापारीहरू बताउँछन् । यहा अहिले माल्मु केरा मात्र हुने र अन्य फलफुल जिल्ला बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको चितवन फलफूल तथा तरकारी थोक व्यवसायी समितीका अध्यक्ष थिर प्रसाद धितालले बताउनुभयो । जिल्ला तरकारीमा आत्मनिर्भर भए पनि फलफूलमा आत्मनिर्भर हुन नसकेको उहाको भनाई छ । उहाका अनुसार चितवनमा अहिले चाडपर्वका समयमा माग भन्दा कम ३३ प्रतिशत मात्र उपलब्ध गराउन सकेको र दशै सम्ममा माग परिपूर्ती हुनेछ । जिल्ला भन्दा बाहीर नवलपरासी त्रीवेणी बाट हरियो केरा, जुम्ला बाट स्याउ आयात हुने गरेको छ । त्यस्तै गरि चाइना बाट स्याउ नास्पती र ईण्डीया बाट अनार र स्याउ आयात गरिएको छ । त्यसरी आयात गरिएका फलफूल पनि अस्वस्थकर हुने गरेको उपभोक्ताहरूले बताएका छन् । जुम्लामा उत्पादन हुने स्याउ १० प्रतिशत आयात हुने गरेको व्यवसायीहरूको भनाइ छ । स्थानीय सरकारले कृषिलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए पनि फलफूल खेतीतर्फ अहिलेसम्म कुनै सहयोग नगरेको किसानहरू बताउँछन् । स्थानीय सरकारले कृषिमा सहयोग गरे फलफूल खेती गर्न सहयोग हुने उनीहरूको भनाइ छ ।

Share.

Leave A Reply