play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

मेडिकल सिटिको रुपमा परिचित चितवनमा सर्पले डसेको उपचार नपाएर बालकको मृत्यु

0

जिबन रानाभाट

भदौ २३, सर्पले डसेको तीन वर्षीय बालकलाई चितवनका चारवटा अस्पताल चहार्दा पनि उपचार नपाएर मृत्यु भएको छ ।भरतपुर १५ मंगलपुरका बलराम विकले ३ वर्षे नाति सलिनको उपचार गर्न बुधबार राति भरपुरका चारवटै ठूला अस्पताल पुगे । करिब एक घण्टा भौंतारिँदा पनि कुनैले उपचार गरिदिएनन् र अन्ततः सलिनको मृत्यु भयो ।बलरामको घर अस्पताल नै अस्पताल भएको भरतपुर देखि ५ किलोमिटर पर भरतपुर १५ मंगलपुरको मनकामनाटोलमा रहेको छ । बलरामका दाजु कृष्णका ३ बर्षिय नातिलाइ करेत सर्पले टोकेपछि तत्काललै भरतपुर अस्पताल ल्याइएको थियो ।

तर भरतपुर अस्पतालले बच्चालाइ आइसियुमा राख्नुपर्ने तर आफ्नोमा आइसीयु खालि नभएको जानकारी दिएपछि तत्कालै पुरानो मेडिकल कलेज लगियो त्यहाँ पनि सर्पले डसेको बिरामीको उपचार सरकारी अस्पतालमा मात्रै हुन्छ भन्दै फर्काइयो त्यसपछि उनि नारायणी सामुदायिक र निको बाल अस्पताल सम्म पुगे तर त्यति खेर सम्म बच्चाको मृत्यु भैसकेको थियो

Share.

Leave A Reply