२३ भदौ, राजनीतिक दलका शीर्ष नेताले नै संसद् सचिबालयबाट सुविधामा पाएर लगेका ल्यापटप अझै फिर्ता गरेका छैनन् ।संविधान सभा भंग भएको १० महिना वितिसक्दा पनि प्रमुख सचेतक र दलका नेताले लगेको ल्यापटप अधिकांशले फिर्ता नगरेको संसदको स्टोर शाखाका प्रमुख विनोदकुमार मालीले बताए ।खबर गरेका छौं, धेरै भनिरहन पनि मिलेन’मालीले भने, ‘उहाँहरु आफैंले जानेर बुझाउनुपर्ने हो ।’ मालीले नियमानुसार सुविधा लिनु स्वभाविक भए पनि प्रयोजन सकिएपछि पनि फिर्ता नगरिनु अब्यवहारिक भएको बताए ।मालीले क-कसले फिर्ता गरे भन्ने खुलाउन चाहेनन् । मालीले सुचना अधिकारीबाट आधिकारिक सूचना लिन भने पनि सूचना अधिकारी केशव अर्यालले आफूले पटक पटक स्टोर शाखाबाट जानकारी माग्दा पनि नपाएको बताए ।
सुविधामा पाएर लगेको संसदको ल्यापटप पनि छाडेनन् नेताले
सुविधामा पाएर लगेको संसदको ल्यापटप पनि छाडेनन् नेताले

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु