play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

गितानगर बजारकाे काभ्रेकाे रुखले पुन: तिजले सम्बन्ध गास्दै

0

भदौ २२, एक समय थियो पश्चिम चितवनमा तिज भन्ने बित्तिकै गीतानगर बजारको काभ्रे रुख मुनिको रमझम। अहिले पनि सबै पुराना पुस्ताले सम्झने गर्दछन् त्यो दिन । सयौंको उपस्थितिमा मौलिकता झल्कने गरि तीजमा माइत जान नपाउनुको पीडा, माइती टाढा हुनुको पीर, दाजुभाइ लिन नआएको दु:ख, समसामयिक राजनीति, घरका सदस्यले दिएका पीडा र दमनको विरोध गर्ने वा दुख पोख्ने स्थलको रुपमा तिजमा प्रयोग हुँदै आएको काभ्रेको रुख र रुख वरिपरिको खुल्ला मैदान राजनीति परिवर्तन संगै ओझेलमा पर्‍यो ।” प्रत्येक वर्ष काभ्रेको रुख मुनि तिज कार्यक्रम हुन्थो । सयौंको संख्यामा महिला दिदिबहिनीहरुको सहभागी हुन्थे। अहिलेको जस्तो प्राविधिको विकास भएको थिएन एउटा मादलको साथमा मौलिकता झल्काउने तिज गीत प्रस्तुत गरिन्थ्यो । उक्त समयमा कार्यक्रमको आयोजक पनि हुन्थेनन् । स्वतस्फूर्त उपस्थिति जनसमुदायको त्यो समयको कार्यक्रम काभ्रेको रुख मात्रनभै समग्र गीतानगरको पहिचान थियो” भन्नुहुन्छ गीतानगर सामुदायिक अध्ययन एबम पर्यटन सुचना केन्द्रका (सिएलसि ) अध्यक्ष लोकनाथ पौडेल ।
उहाँका अनुसार समयको परिवर्तन र राजनीतिक घट्ना क्रम संगै झण्डै ३ दशक बढी समय देखी गीतानगरमा त्यस्तो कार्यक्रम हुन सकेको छैन । नयाँ पुस्ताहरुका लागि त्यो समय सुन्दा अचम्म लाग्न थालेको छ । नलाग्योस् पनि कसरी त्यो समय संगैको तिजको मौलिकता र काभ्रेको रुख समेत यति बेला हामी संग छैन पौडेल वताउनुहुन्छ ।
स्थानीय सरकार आए पछि झन्डै ३ दशक पुरानो मौलिकतालाई झलकने गरी यस वर्ष पश्चिम चितवनको गीतानगरमा तिज गीत महोत्सवको हुने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ६ को आयोजनामा हुने तिज गीत महोत्सवमा स्थानीय टोल विकास संस्था, क्लब, विद्यालय, सहकारी संघसंस्था,महिला समुह लगायत १०५ सामाजिक संघसंस्थाहरुको सह आयोजना रहने गरि महोत्सव गर्न लागीएको पत्रका सम्मेलन मार्फत भरतपुर महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हरिविलास कोइरालाले जानकारी दिनुभएको छ । अरुणोदय उच्च माध्यामिक विद्यालयको परिसरमा भद्र २३ विहान १० गते बाट हुने तिज गीत महोत्सवको प्रदेश सांसद कृष्ण भुत्तेलले उद्गघाट्न गर्नुहुनेछ । महोत्सवका लागि विभिन्न १० उपसमिति बनाएर काम भै रहेको र महोत्सवको अगाडिका सम्पुर्ण तयारी पूरा भै सकेका छन् महोत्सव सम्पन्न गर्न झण्डै तीन लाख लाग्ने उहाँले जानकारी दिनु भएको छ।
भद्र २३ गते अन्तरास्ट्रिय साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवस समेत परेकाले विद्यालका विद्यार्थीहरुलाई पनि उक्त कार्यक्रममा समावेश गरिएको महोत्सवमा सामाजिक सतर्कता अभियान भरतपुर ६ का संयोजक इन्द्रप्रसाद न्यौपाने बताउनु भएको छ । उक्त महोत्सवमा बिद्यार्थीहरुले शिक्षाको महतो, साक्षरता र भर्ना अभियानको विषयमा आफ्नो प्रस्तुति दिनेछन् । महिलाहरुले लैङ्गकहिंसा, लागुपदार्थ, दुर्व्यशनी र भ्रष्टाचार विरुद्धको गीत प्रस्तुत गर्ने छन् भने जेष्ठ नागरिकहरु पुरानो मौलिकता झल्काउने गीत प्रस्तुत गर्ने न्यौपाने वताउनु भयो । महोत्सवमा बिशिस्ट प्रस्तुति दिनेलाई पुरस्कृत गरिने समेत बताइएको छ । भने महोत्सव स्थल भित्र खाजा,खाना का स्टल समेत राखिएको छ ।
तिजको अबसरमा भरतपुर ६ मा पहिलो पटक हुन लागेको तिज महोत्सबमा उक्त वडाका ३१ टिम दर्ता भै सकेका छन् । पारिवारिक तथा सामाजिक संरचनामा नै हेरफेर गर्ने गरिए पछील्लो समय भड्किलो ढङ्गले तिज मनाउने संस्कार बढेको भन्दै त्यसो अन्त्यका लागि वडाको नेतृत्वमा महोत्सव आयोजना भएको हो । महोत्सवले भरतपुर ६ का सस्कासंस्था बीचको समेत भातृत्व र मित्रता प्रगाढ हुने बिश्वास लिइएको छ । साथै तिज महोत्सब अरु वडाको लागि पनि उदाहरण हुने विश्वास लिइएको छ ।

Share.

Leave A Reply