play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

राप्ती नगरपालिकाको आयोजनामा बक्तृत्वकला सम्पन्न

0

भदौ २२ । राप्ती नगरपालिकाको आयोजनामा मानव बेचविखन तथा ओसारपोसार विरुद्ध विद्यार्थीको भुमिका बिषयक अन्तर मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । प्रतियोगितामा भण्डारा माविकी पवित्रा सुनार प्रथम,साकुरा एकाडेमीकी दिक्षा कँडेल द्धितीय र वुद्ध शान्ति माविकी बविता थिङ तृतीय भएका छन । नगर प्याब्सनको सहयोगमा नगरपालिकाले ३९ औ राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित प्रतियोगितामा राप्ती नगरपालिकाका ५ वटा सामुदायिक र ६ वटा संस्थागत विद्यालयको सहभागिता रहेको थियो । विजयी विद्यार्थीहरुलाई ३९ औ शिक्षा दिवसको अवसरमा नगरपालिकाले भदौ २३ गते आयोजना गर्न कार्यक्रममा पुरस्कार प्रदान गरिने नगरपालिकाका शिक्षा अधिकृत हुमाकान्त अधिकारीले जानाकारी दिए । नगरपालिकाका शिक्षा प्रमुख हुमाकान्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमा नगरप्रमुख प्रभा बराल, उपप्रमुख इमान सिंह लामा लगायतले मन्तव्य राखेका थिए ।

Share.

Leave A Reply