भदौ २२ । १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटना अनुसन्धानमा प्रहरीबाटै त्रुटि भएको उच्चस्तरीय छानबिन समितिले निष्कर्ष निकालेको छ ।शुक्रबार महेन्द्रनगरमा पत्रकार सम्मेलनमार्फत् समितिका संयोजक हरिप्रसाद मैनालीले हत्या प्रकरणमा प्रहरीबाटै त्रुटि भएको बताए ।उनले जनताले आन्दोलनमा होमिनुपर्ने अवस्था त्यसै नआएको भन्दै प्रहरीबाट घटनाको अनुसन्धानमा त्रुटिहरु भएको उल्लेख गरे ।अनुसन्धानकाक्रममा थुप्रै तथ्यहरु फेलापारेको बताउँदै अरु प्रहरी अधिकृत र अनुसन्धानमा खटिएको टिमसँग पनि सोधपुछ गरेर आवश्यक परे कारबाहीका लागि सिफारिस गर्नसकिने उनको भनाइ छ ।निर्मलाको हत्या प्रकरणमा प्रहरीबाटै लापरबाही भएको छानबिन समितिका सदस्य तथा प्रहरी नायब महानिरीक्षक (डीआइजी) रामप्रसाद श्रेष्ठले बताए ।
पीडित परिवारले जानकारी गराउनेबित्तिकै प्रहरीले अनुसन्धान गरेको भए अपराधी पत्ता लगाउन समस्या नहुने श्रेष्ठको भनाइ छ ।गत भदौ ८ गते टोलीलाई प्रहरीको प्रारम्भिक अनुसन्धानको छानबिन तथा थप अनुसन्धानको प्रतिवेदन तयार पार्न १५ दिनको समय दिइएको थियो ।टोलीले घटनाको छानबिन तथा थप अनुसन्धान गरिसकेकाले ३/४ दिनभित्र प्रतिवेदन तयार पारेर गृह मन्त्रालयमा बुझाउने जनाएको छ ।कन्चनपुरको भीमदत्त नगरपालिका–२, खोल्टीका १३ वर्षीया बालिका निर्मलाको गत साउन १० गते हत्या गरिएको थियो । हत्या गरेर शव उखुबारीमा फालिएको अवस्थामा ११ गते भेटिएको थियो । पछि बलात्कारपछि हत्या गरिएको पुष्टि भएको थियो ।
निर्मला पन्त हत्या प्रकरणमा प्रहरी बाटै त्रुटी भएको छानबिन समितिको निष्कर्ष
0
Share.