play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

एसिया कप छनोट प्रतियोगिता खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

0

२२ भदौ मलेसियामा सम्पन्न एसिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ।एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो। नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो। नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमान, संयुक्त अरब इमिरेट्स (युएइ) र हङ्कङसँग पराजित भएको थियो। छनोट प्रतियोतगा यही भदौ १३ देखि २१ गतेसम्म सञ्चालन भएको थियो।
उक्त प्रतियोगितामा ६ राष्ट्र सहभागी थिए। हङ्कङ एशिया कपका लागि छनोट भएको छ। फाइनल खेलमा हङ्कङ युएइलाई दुई विकेटले पराजित गर्दै एसिया कपका लागि छानिएको हो। एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुँदैछ।एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ।

Share.

Leave A Reply