play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

प्रधानन्यायाधीशमा मिश्रको सुनुवाई मिति तय

0

भदौ २२ ।
प्रधानन्यायाधीशमा प्रस्तावित कायममुकायम प्रधानयायाधीश ओमप्रकाश मिश्रको सार्वजनिक सुनुवाई आगामी सोमबार हुने भएको छ। शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले प्रधानन्यायधीश मिश्रको सार्वजनिक सुनुवाई भदौ २५ गते सोमबार गर्ने निर्णय गरेको हो। बैठकले आगामी आइतबार प्रधानन्यायाधीशमा प्रस्तावित कायममुकायम प्रधानन्यायधीश मिश्र उपर उजुरी दिएका उजुरीकर्ताहरूलाई छलफलको लागि बोलाएको छ। जम्मा ४ वटा उजुरी परेकोमा एउटा उजुरी उजुरीकर्ताले नै फिर्ता लिन चाहेपछि फिर्ता गरिदिने निर्णय पनि बैठकले गरेको बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए। संवैधानिक परिषदले भदौ ७ गते सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश मिश्रलाई प्रधान्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्विकृत गरेपछि संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। उक्त सिफारिसलाई संसदीय सुनुवाई समितिले अनुमोदन गरे राष्ट्रपति विद्यादेवि भण्डारीले मिश्रलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। यसैबीच बैठकले संवैधानिक परिषद्बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका नविनकुमार घिमिरेमाथि सार्वजनिक उजुरीको आव्हान गरिएको छ। भोलिदेखि लागु हुने गरी १० दिनभित्र उजुरी दर्ता गराउन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय बैठकले गरेको जेष्ठ सदस्य कर्णले जानकारी दिए भदौ २० गते बुधबार बसेको संवैधानिक परिषदको बैठकले कार्यवाहक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको थियो।

Share.

Leave A Reply