play_circle_outline On Air

देउराली

play_circle_outline On Air

देउराली

चीनका सबै बन्दरगाह नेपालले प्रयोग गर्न पाउने

0

भदौ २२ ।
नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । नेपाल र चीनबीच भएको प्रोटोकलसम्बन्धी बैठकले पारवहन तथा यातायात सम्झौताको कार्य्विधीलाई अन्तिम रुप दिँदै चीनका सबै बन्दरगाह नेपालले प्रयोग गर्न पाउने समझदारी गरेको हो । गए राति दुई देशका उच्च सरकारी अधिकारीबीच समझदारी भएको होे । योसँगै नेपालबाट तेस्रो मुलुकमा हुने व्यापारका लागि भारतीय बन्दरगाह मात्रै प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा बस्तु आयात गर्दा प्रयोग हुने खुला सामुद्रिक बन्दरगाहरु, सुख्खा बन्दरगाह र ती बन्दरगाबाट नेपालसम्म आउने उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धित प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रियालगायतका पारवहनसम्बन्धी विविध विषयमा छलफल भई प्रोटोकलको मस्यौदालाई अन्तिम रुप दिइएको हो ।

Share.

Leave A Reply