भदौ, २१ ।
जापानको उत्तरी द्वीप होक्काइडोमा आज ६.७ तीब्रताको भूकम्पको झट्का महसुस गरिएको छ । स्थानीय मिडियाका अनुसार होक्काइडोमा भूकम्पपछि आएको पहिरोका कारण २० भन्दा बढी हराइरहेका छन् । अमेरिकी भूगर्भविद्का अनुसार भूकम्पको केन्द्र होक्काइडोको मुख्य शहर सप्पोरोबाट ६८ किलोमिटर टाढा दक्षिण पूर्वमा थियो । भूकम्पपछि थुप्रै इलाकामा बिजुली आपूर्ती बन्द भएको छ । सरकारी टेलिभिजन एनएचकेको रिपोर्टमा अत्सुमी शहर नजिकै पहाडी इलाकामा पहिरोपछि १० जनालाई अस्पताल भर्ना गरिएको बताएको छ । होक्काइडो इलाकामा रेल सेवा पनि प्रभावित भएको छ । भूकम्पले होक्काइडो र न्यू चिटोस एयरपोर्टमा पनि क्षती पुगेको छ । यसैबिच, जापानमा मंगलबार २५ वर्षकै सबैभन्दा शक्तिशाली जेबी आँधी आएको छ । आँधीका कारण १० जनाको ज्यान गएको छ भने एक सय ५० बढी घाइते भएका छन् । यसले १२ लाखलाई प्रभावित तुल्याएको छ ।
जापानमा ६.७ तीब्रताको भूकम्प ःएकको मृत्यु, २० बेपत्ता
जापानमा ६.७ तीब्रताको भूकम्प ःएकको मृत्यु, २० बेपत्ता

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु