play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

संवैधानिक परिषद्को बैठक बस्दै, अख्तियार प्रमुख नियुक्तिका बारे छलफल हुने

0

भदौं, २० ।
संवैधानिक परिषद्को बैठक आज बस्दै छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलगायत संवैधानिक निकायमा रिक्त अन्य पदाधिकारी नियुक्तिको सिफारिसको छलफल गर्न बैठक बस्न लागेको हो । अख्तियार गत फागुनदेखि प्रमुख आयुक्तविहीन छ । दीप बस्न्यातले अवकाश पाएपछि कार्यवाहकको भरमा अख्तियार संचालन हुँदै आएको छ । हाल कार्यवाहकको जिम्मेवारी नविनकुमार घिमिरेले पाउँदै आएका छन् । बैठकले सम्भवतः घिमिरेलाई नै प्रमुख आयुक्तमा नियुक्ति सिफारिस गर्ने सम्भावना रहेको बताइएको छ ।

Share.

Leave A Reply