play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित

0

भदौ, २० ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार भएका आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । पाकिस्तानको दुबै संसद तथा चारवटा प्रान्तीय सभाका सांसदहरुले राष्ट्रपतिका लागि हिजो मतदान गरेका थिए । पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको परिणाम आज प्रमाणित गरेसँगै आरिफ अल्भी निर्वाचित भएको घोषणा गरिनेछ । निर्वाचन आयोगका अनुसार, अल्भीले संसदको माथिल्लो र तल्लो सदनबाट २१२ मत प्राप्त गरे । निर्वाचनमा भाग लिएका पाकिस्तान पिपुल्स पार्टीका ऐजाज अहसनले ८१ तथा पूर्व प्रधानमन्त्री नवाज शरिफको पाकिस्तान मुस्लिम लीग समर्थित मौलाना फज्लुर रहमानले १३१ मत प्राप्त गरेका थिए । वर्तमान राष्ट्रपति मामून हुस्सैनको कार्यकाल सेप्टेम्बर ९ मा समाप्त भएसँगै नवनिर्वाचित राष्ट्रपति अल्भीले सपथ लिने बताए ।

Share.

Leave A Reply