जापानमा गएको शक्तिशाली समुद्री आँधीमा परी ७ जनाको मृत्यु, १ सय ६० भन्दा बढी घाइते

0

२० भदौ, जापानमा गएको २५ वर्ष यताकै शक्तिशाली समुद्री आँधीका कारण कम्तिमा ७ जनाको मृत्यु भएको छ ।आँधीमा परेर १ सय ६० जनाभन्दा बढी घाइते भएका छन् । समुद्री आँधी जापानको दक्षिण क्षेत्रमा जमिनको सम्पर्कमा आएको थियो ।

जेबी नाम दिइएको यो आँधी १ सय ७२ किलोमिटर प्रतिघण्टाको बेगमा गएको अधिकारीहरुले जनाएका छन् ।आँधीसँगै भीषण वर्षा पनि भएको थियो । आँधी प्रभावित क्षेत्रका १० लाखभन्दा बढी मानिसलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान अधिकारीहरुले चेतावनी दिएका छन् ।शिकोकु टापुबाट सुरु भएको आँधी जापानकै ठूलो होन्सु टापुमा पुगेर फैलिएको थियो ।


अधिकारीहरुले ठूला समुद्री छाल, डुवान र पहिरोको जोखिम हुनसक्ने चेतावनी दिएका छन् ।आँधीका कारण हजारौं घरहरुमा विद्युत् आपूर्ति बन्दभएको छ र ठूलो भौतिक सम्पत्तिमा क्षति भएको छ । आँधीका कारण सयौं हवाई सेवा, रेल तथा डुंगा सेवा रद्द गरिएका छन् ।ओसाकाको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत डुवानमा परेको छ ।

 

जापानमा सन् १९९३ मा आएको शक्तिशाली आँधीमा परेर ४८ जनाको मृत्यु भएको थियो । यो आँधी त्यसयताकै सबैभन्दा शक्तिशाली भएको अधिकारीहरुले बताएका छन् ।(एजेन्सी)

Share.

Leave A Reply