play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

स्टार कप फुटबल प्रतियोगितामा आज ३ खेल हुने

0

जिबन रानाभाट
भदौ २०, हरितालिका तीज तथा स्टार स्पोर्टस् क्लब, बरुवाको २२ औं बार्षिकोत्सवका अवसरमा माडीको बरुवामा जारि स्टार कप फुटबल प्रतियोगितामा आज ३ खेल हुदै छन् आज मध्यान्न १२ बजे हुने पहिलो खेलमा बाल्मिकी युवा क्लब कल्याणपुर १ ले चिरौली युनाटेट क्लब चिरौलीको सामना गर्दा आजनै हुने दोस्रो खेलमा दिउसो २ बजे जनआस्था युवा क्लब बसतपुरले अयोध्यापुरी फुटबल क्लबको सामना गर्ने छ त्यस्तै आज नै हुने तेस्रो तथा अन्तिम खेलमा प्रतिभा युवा क्लब सितलपुर र चैनपुर फुटबल क्लब बीच हुने छ यसैबीच आजका खेल संगै समूह चरणका सबै खेल सकिने छन् भने भोलिबाट सुरु हुने अघिल्लो चरणका खेल हरुबाट म्यान अफ द म्याचको घोषणा गरि पुरस्कार प्रधान गरिने खेल संयोजक अमित लामाले जानकारी दिनुभयो
यसैबीच हिजो ४ वटा खेल सम्पन्न भएका छन् हिजो भएको पहिलो खेलमा युनाटेट क्लब बिरन्चीलाइ ५-० गोलको फराकिलो अन्तरले हराउदै चैनपुर फुटबल क्लब बिजयी भएको छ त्यस्तै हिजै भएको दोस्रो खेलमा जितबाहन युवा क्लबले साहारा युवा क्लब ब्रम्हपुर ए लाई ३-१ ले पराजित गर्दा तेस्रो खेलमा दियो क्लब माडी राधापुरले बर्ड्स नेपाल बघौडालाइ २-० ले पराजित गरेको छ यस्तै हिजो नै भएको चौथो तथा अन्तिम खेलमा अघिल्लो सालको उपविजेता ज्ञानज्योति युवा क्लब भैरबपुर ए ले जनकल्याण युवा क्लब बसन्तपुरलाइ ट्राइबेकरमा ५-३ गोल अन्तरले हराएको छ निर्धारित समयसम्म दुवैटोलिबत२-२ गोल भएपछी खेल ट्राइबेकरमा धकलिएको थियो
माडीभरिका ३२ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेतटिमले ७५ हजार ५ सय ५५ र उपविजेता हुने टिमले ३७ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने छ भने प्रतियोगिताका बेष्ट किपर, बेष्ट डिफेन्स, बेस्ट मिडफिल्ड, बेस्ट स्ट्राइकर, उत्कृष्ट खेलाडी, हाइ स्कोर तथा प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित गरी पुरस्कृत गरिने छ । भदौको २८ गते सम्म सञ्चालन हुने यो खेलबाट ‘माडी ११ टिम’ छनौट भई माडी नगरपालिकाको प्रतिनिधित्व हुनेगरी जिल्ला स्तरिय खेल खेल्न जाने व्यवस्थापन नगर खेलकुद बिकास समितिले गर्ने छ ।प्रतियोगितालाई व्यवस्थित र व्यवसायिक बनाउन यसपटक खेल अवलोकनको प्रवेश शुल्क रु २० राखिएको छ । टिकटबाट गोलाप्रथामार्फत हरेक दिन १ जनालाई रु १२ सय बराबरको हाँस उपहार प्रदान गरिने छ भने टिकटबाट संकलित रकमको अक्षय कोष खडा गरी माडीभरका एक गरीब तथा उदीयमान खेलाडी छनौट गरी उहाँको उच्च शिक्षामा लगानी गरिने छ ।

Share.

Leave A Reply