play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

रत्ननगरका तीन वालकलाई श्रमबाट मुक्त गरी विद्यालय भर्ना

0

भदौ १९ । रत्ननगर ५ झुवानीका तीन जना श्रमिक वालकलाई श्रमबाट मुक्त गरी विद्यालयमा भर्ना गरिएको छ । यूनिसेफ नेपाल र रत्ननगर नगरपालिकाको सहकार्यमा रत्ननगर उद्योग वाणिज्य संघद्धारा संचालित वाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्र्तगत तीन वालकलाई झुवानी माविमा भर्ना गरी शैक्षिक सहयोग गरिएको हो । रत्ननगर ५ लाई बालमैत्री वडा बनाउने तयारी गर्दै गर्दा उक्त वडामा पहिचान भएको विद्यालय बाहिर रहेर श्रममा आवद्धलाई विद्यालय पूर्नस्थापना र ३ जनालाई फर्निचरमा गनबाट रंग लगाउने व्यवसायिक तालिम प्रदान गरिएको संघका अध्यक्ष राजाराम रेग्मीले बताए । कार्यक्रममा रत्ननगर ५ का वडा अध्यक्ष कृष्ण महतो, नगर बोर्ड सदस्य भोलादेबी गौडेल, वडा सदस्यहरु छन्नु महतो, साहु चौधरी, वडा सचिव महेश सुवेदी, विद्यालयका प्रधानाध्यापक दुर्गा नेपाली लगायतको उपस्थिति रहेको थियो । सो वडाले बालमैत्री घोषणा गर्नुपूर्व पुरा गर्नुपर्ने सबै प्रक्रिया, सूचक, वडास्तरीय आचार संहिता, बालहिंसा विरुद्धको कार्ययोजना जस्ता कामहरु अगाडि बढाई रहेको छ ।

Share.

Leave A Reply