play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

कयर खोलाबाट अबैध रुपमा गिट्टी वालुवा उत्खनन् ,तत्काल रोक्ने दुई नगरपालिका बीच सहमति

0

भदौ १९ । रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकका मेयरहरुले कयर खोलामा भएको अबैध उत्खनन तत्काल रोक्ने सहमति गरेका छन । रत्ननगरमा भएको छलफलपछि रत्ननगरका मेयर नारायण वन र खैरहनीका मेयर लालमणि चौधरीले कयर खोलामा भएको गिट्टी वालुवाको अबैध उत्खनन मिलेर रोक्ने सहमति गरेका हुन । प्रहरी,नगरपालिका र समाजिक संघसंस्थाको सहकार्यमा उत्खनन रोक्ने र केही समय पछि गिट्टी वालुवा निकासीको लागि जिल्ला समन्वय समितिको सहकार्यमा खोला खुल्ला गर्ने दुई नगरपालिका बीच सहमति भएको रत्ननगरका मेयर वनले जानकारी दिए । आफ्नै आँखा अगाडि प्राकृतिक सम्पदाको दोहोन भइरहेको भन्दै उनले अबैध उत्खनन गर्नेलाई कारवाही गर्ने बताए । रत्ननगर र खैरहनीको सिमानबाट बग्ने कयर खोलाबाट दैनिक १०० टिप गिट्टी वालुवा अबैध रुपमा निकासी भइरेहको छ ।

Share.

Leave A Reply