play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

बिपीलाई ‘नेपालरत्न’, शेरचनलाई ‘महाउज्ज्वल राष्ट्रदीप’

0

काठमाडौँ, भदौ  १९  ।

राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउनुभएका विभिन्न व्यक्तित्वलाई आज विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गर्नुभएको छ । गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी ३४५ जनालाई आज प्रदान गरिएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले ती व्यक्तित्वलाई विभिन्न विभूषणबाट विभूषित गर्नुभयो ।
सोअनुसार ‘नेपालरत्न’ विभूषण पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला मरणोपरान्त का तर्फबाट उहाँका नाति सिद्धार्थ कोइराला तथा ‘राष्ट्रिय गौरव’ विभूषण राजनीतिज्ञ महेन्द्रनारायण निधिका तर्फबाट उहाँका सुपुत्र विमलेन्द्र निधिले ग्रहण गर्नुभएको थियो ।

यसैगरी महाउज्ज्वल राष्ट्रदीप विभूषण स्व शेख इद्रिस रौतहट, स्व नोना कोइराला ९मोरङ०, अमिक शेरचन ९चितवन०, बर्मन बुढा ९रोल्पा० र रामकुमारी यादव ९धनुषा० ले पाउनुभयो । इद्रिसका तर्फबाट मोहम्मद अफ्ताव आलम र नोनाका तर्फबाट डा शेखर कोइरालाले विभूषण ग्रहण गर्नुभएको थियो । सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई उज्ज्वल कीर्तिमय राष्ट्रदीप विभूषणले विभूषित हुनुभएको थियो ।

कार्यक्रममा प्रसिद्ध प्रबल जनसेवाश्री विभूषणबाट छ व्यक्तित्व विभूषित हुनुभएको थियो । ती विभूषण प्राप्त गर्नेमा गोपालप्रसाद पराजुली पूर्वप्रधानन्यायाधीश, ईश्वरीप्रसाद खतिवडा न्यायाधीश, दीप बस्न्यात पूर्वप्रमुख आयुक्त, अदुअआ, उमेश मैनाली अध्यक्ष, लोकसेवा आयोग, राजेन्द्र क्षत्री प्रधानसेनापति, नेपाली सेना र लोकदर्शन रेग्मी मुख्य सचिव हुनुहुन्छ ।कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगण, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।

Share.

Leave A Reply