play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

स्टार कप फुटबल प्रतियोगितामा आज ४ खेल सम्पन्न, भोलिपनि ४ खेल हुने

0

जिबन रानाभाट 
भदौ १८, हरितालिका तीज तथा स्टार स्पोर्टस् क्लब, बरुवाको २२ औं बार्षिकोत्सवका अवसरमा माडीको बरुवामा जारि स्टार कप फुटबल प्रतियोगितामा आज पनि ४ वटा खेल सम्पन्न भएका छन् आज भएको पहिलो खेलमा नेपाल बोटे समाज बनकट्टाले प्राकृतिक संरक्षण समाज खैरहनीलै १-० ले पराजित गर्दा आजै भएको दोस्रो खेलमा चिरौली युनाइटेट क्लब ए ले चौतारी युवा क्लब भंगतालाइ २-१ गोल अन्तरले पराजित गरेको छ त्यस्तै आज भएको तेस्रो खेलमा साहारा युवा क्लब ब्रम्हपुरीलाइ १-० ले स्तब्ध पार्दै बर्ड्स नेपाल बघौडा ए अघिल्लो चरण प्रवेश गर्दा आजै भएको चौथो तथा अन्तिम खेलमा नबबिहानी युवा क्लब सितलपुरलाइ २-० ले हराउदै स्टार स्पोर्ट्स क्लब भेट्रान बिजयी भएको छ
यसैबीच भोलिपनि ४ वटा खेल हुने भएका छन् भोलि बिहान १० बजे हुने पहिलो खेलमा युनाटेट क्लब बिरन्चीले चैनपुर फुटबल क्लबको सामना गर्दा भोलिनै हुने दोस्रो खेलमा मध्यान्न १२ बजे जितबाहन युवा क्लबले साहारा युवा क्लब ब्रम्हपुर एको सामना गर्ने छ त्यस्तै भोलि नै हुने तेस्रो खेलमा दिउसो २ बजे दियो क्लब माडी राधापुरले बर्ड्स नेपाल बघौडाको सामना गर्दा भोलि नै हुने चौथो तथा अन्तिम खेलमा अघिल्लो सालको उपविजेता ज्ञानज्योति युवा क्लब भैरबपुर ए र जनकल्याण युवा क्लब बसन्तपुर बीच हुने छ
माडीभरिका ३२ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेतटिमले ७५ हजार ५ सय ५५ र उपविजेता हुने टिमले ३७ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने छ भने प्रतियोगिताका बेष्ट किपर, बेष्ट डिफेन्स, बेस्ट मिडफिल्ड, बेस्ट स्ट्राइकर, उत्कृष्ट खेलाडी, हाइ स्कोर तथा प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित गरी पुरस्कृत गरिने छ । भदौको २८ गते सम्म सञ्चालन हुने यो खेलबाट ‘माडी ११ टिम’ छनौट भई माडी नगरपालिकाको प्रतिनिधित्व हुनेगरी जिल्ला स्तरिय खेल खेल्न जाने व्यवस्थापन नगर खेलकुद बिकास समितिले गर्ने छ ।प्रतियोगितालाई व्यवस्थित र व्यवसायिक बनाउन यसपटक खेल अवलोकनको प्रवेश शुल्क रु २० राखिएको छ । टिकटबाट गोलाप्रथामार्फत हरेक दिन १ जनालाई रु १२ सय बराबरको हाँस उपहार प्रदान गरिने छ भने टिकटबाट संकलित रकमको अक्षय कोष खडा गरी माडीभरका एक गरीब तथा उदीयमान खेलाडी छनौट गरी उहाँको उच्च शिक्षामा लगानी गरिने छ ।

Share.

Leave A Reply