play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

बिम्स्टेकको शिखर सम्मेलन सफल भएको सरकारको निष्कर्ष

0

भदौ १८ ।

सरकारले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलन सफल भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी ओलीको अध्यतामा सिंहदरबारमा सोमबार बसेको बिम्स्टेक मुल आयोजक समितीको बैठकले चौथो शिखर सम्मेलन सफल भएको भन्दै सहयोगी सबैलाई धन्यबाद दिएको हो । सम्मेलनलाई सफल पार्न प्रभावकारी भूमिका निर्वाह गर्ने आयोजक समितिका सदस्य, स्थानीय एवं प्रदेश सरकार, नागरिक तथा सञ्चारमाध्यमलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । सम्मेलनका क्रममा भएका दुईपक्षिय छलफल पनि निकै फलदायी रहेको बैठकको निष्कर्ष थियो । १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिम्स्टेक सम्मेलन यही भदौ १४ र १५ गते काठमाडौँमा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply