भदौ १७, पश्चिम नवलपरासीमा पहिलो कृर्षि ज्ञान केन्द्र स्थापना भएको छ । पांच नम्बर प्रदेशकै यो ज्ञान केन्द्र पहिलो भएको हो । जिल्ला कृर्षि बिकास कार्यालयमा राखीएको छ । प्रदेश सरकारको महातत रहने ज्ञान केन्द्र स्थापना भए पनि केन्द्रलाई अबस्यक पर्ने बजेट र कर्मचारी प्रदेश सरकारले नपठाउदा केन्द्रले कुनै काम गर्न सकेको छैन । प्रदेश सरकारको कृर्षि मन्त्रालययले केन्द्रलाई कार्य बिबरण पठाए पनि अबस्यक अरु केहि नपठाएको केन्द्रले जनाएको छ । राजपत्रांकीत दोश्रो श्रेणीको कार्यालय प्रमुख र सात जना अधिकृत सहित १७ जनाको दरबन्दी रहेको केन्द्रमा प्रदेशले हाल दुई जना अधिकृत मात्र पठाएको छ । हालमा दुई जना मात्र अधिकृत मात्र खटीएका छौं कुनै कार्यबिधि र बजेट कर्मचारी आएका छैनन, केन्द्रका बागबानी बिकास अधिकृत मानदेब प्रसद चौधरीले बताए ।
प्रदेशले कार्यबिबरण मात्र पठएको चौधरीले बताए । १७ बुंदे कृर्षि त्रान केन्द्र कार्यबिबरण प्रदेशले पठाएको छ तर हालमा काम गर्न समस्या रहेको चौधरीले बताए । स्थानीय समस्यामा अधारीत स¬¬– साना अध्ययन परीक्षण तथा भ्यालीडेशन गरेर माटो तथा मल, बालीसंरक्षण र बिउबिजन परीक्षण संबन्धि समान्य प्रयोगशाला सेवा उपलब्ध गराई प्रदेश र स्थानीय तहमा कार्यरत प्राबिधिक तथा ब्याबसायिक कृषक र ब्याबसायिहरुको लागी कृर्षि, पशुपंक्षि संग संबन्धीत बिशिष्टीकरण त्रान शिप प्रदान गर्न एडभान्स तालीम संचालन कार्यबिबरणमा उल्लेख रहेको कृर्षि प्रशार अधिकृत दशरथ काईरीले बताए । स्थानीय तहको क्षमताले नभ्याउने प्रकृतिका बिशेषज्ञ प्राबिधिक सेवा टेवा दिने र प्रदेश अन्तर्गत संचालन हुने संघिय कृर्षि बिकास कार्यक्रम, आयोजनाको समन्वय तथा संम्पर्क बिन्दुको रुपमा कार्य गर्ने तथा प्रदेश सरकार मार्फत संचालन हुने कृर्षि बिकास कार्यक्रम, आयोजना संचालनमा प्रदेश सरकारलाई सहयोग गर्ने प्रदेश सरकारका कृर्षि सचिव यम नारायण देबकोटाले बताए ।
पश्चिम नवलपरासीमा पहिलो कृर्षि ज्ञान केन्द्र स्थापना
0
Share.