play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

उपत्यकामा टिपर तथा ट्रकको दुर्घटना न्यून

0

 

काठमाडौँ, १८ भदौ  ।

काठमाडौँ उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि तिनबाट हुने दुर्घटनामा कमी आएको छ ।

सवारीसाधनको अत्यधिक चाप रहेको उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि दुर्घटनामा कमी आएको हो । उपत्यकामा चालू आर्थिक वर्षको साउन र भदौमा ती सवारी साधनको दुर्घटनाबाट तीनजनाको ज्यान गएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आव २०७४÷०७५ मा एक हजार ५८० यस्ता सवारी साधनबाट भएको दुर्घटनामा ४५ जनाको ज्यान गएको थियो । जसमध्ये २०७४ को साउन र भदौमा मात्र ती सवारी साधनका कारण सातको मृत्यु भएको थियो ।

टिपर दुर्घटनाबाट पैदलयात्रु र साना सवारी चालकको मृत्युका घटना बढेकाले गृहमन्त्री रामबहादुर थापाले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय ट्राफिक प्रहरी महाशाखालाई दुर्घटना न्यूनीकरणका लागि आवश्यक कदम चाल्न निर्देशन दिनुभएको थियो ।साउन १ गते काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको संयोजकत्वमा बसेको सरोकारवाला निकायको बैठकले बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म ट्रक तथा टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।पचास प्रतिशत सवारी चालकसँग भारी सवारीसाधन सञ्चालनको अनुमति पत्र ९लाइसेन्स० नभएको र त्यसमध्ये पनि २५ प्रतिशत चालक अनुभवविहीन भएका कारण दुर्घटना बढेको जानकारी दिँदै उहाँ टिपर र ट्रकका अधिकांश चालक सिकारुसमेत रहँदा दुर्घटना हुने गरेको बताउनुहुन्छ।मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउनु तथा बढी रकम पाउने लोभमा दुई÷तीनपटक ओहोरदोहोर गर्नु र तीव्र गतिका कारण पनि बढी दुर्घटना हुने गरेको छ ।

 

Share.

Leave A Reply