संविधान दिवसलाई सरकारी कार्यक्रममा सीमित गर्नुहुन्न ः प्रधानमन्त्री ओली

0

भदौ,१७ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई सरकारले आयोजना गर्ने औपचारिक कार्यक्रम नबनाएर जनताको दिवस बनाउनु पर्ने बताएका छन् । गृह मन्त्रालयले आज आयोजना गरेको संविधान दिवस मूल समारोह समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान दिवसलाई जनताको उत्सवको दिनका रुपमा मनाउनुपर्ने बताएका हुन । प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान निर्माणका लागि जनताले ठुलो संघर्ष गरेकोले त्यसको खुसीयालीको रुपमा आएको संविधान पनि जनताले खुसीयालीपूर्ण ढंगले मनाउन पाउनुपर्ने बताए । २०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको हो । संविधान दिवस सबभन्दा ठूलो राष्ट्रिय दिवस हो । यसलाई जनताले अपनत्व गर्ने गरी मनाउनु पर्ने उनले बताए । संविधान दिवसलाई सरकारी कार्यक्रम जस्तो मात्र बनाउन नहुने प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले संविधान दिवसको अवसर पारेर शैक्षिक संस्था, स्थानीय तह र अन्य निकायहरूलाई विविध कार्यक्रम आयोजना गर्न आग्रह गरेका छन् ।

Share.

Leave A Reply