play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

माइतीघरमा चिकित्सकहरुद्वारा प्रदर्शन

0

भाद्र १७  ।

भदौ १ देखि लागू भएका मुलुकी देवानी र अपराध संहिताको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

विभिन्न नारा लेखिएका प्लेकार्ड र एप्रोन लगाएरै प्रदर्शनमा उत्रिएका चिकित्सकहरु नारा लगाउँदै नयाँ बानेश्वर चोकमा पुगेर कोणसभा गरेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा उनीहरूले आइतबार नै मेडिकल काउन्सिलमा लाइसेन्ससमेत जम्मा गर्ने घोषणा गरेका छन् । आफ्ना मागप्रति सरकार संवेदनशील नभए शुक्रबारदेखि अनिश्चितकालीन रूपमा स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी संघले दिएको छ । ‘हामीले चिकित्सा पेसामा दण्डहीनताको स्थिति ल्याउन खोजेका होइनौं,’ संघका अध्यक्ष डा।मुक्तिराम श्रेष्ठले भने, ‘अपराधी अपराधी नै हो, चिकित्सक होस् वा अन्य । त्यसैले गल्ती गर्नेले मात्रै दण्ड पाउने व्यवस्था गर्नुपर्छ ।’ शंकाकै आधारमा वा कसैले उजुरी गरेकै आधारमा उपचार प्रक्रियामा संलग्न चिकित्सकलाई फौजदारी कानुनअन्तर्गत हिरासतमा राखेर छानबिन गर्न नहुने उनको भनाइ छ । बिरामीको उपचारक्रममा मृत्यु वा कुनै जटिलताले गर्दा थप समस्या भए ज्यानमारासरह सजाय हुने प्रावधान हटाउन उनले माग गरे ।

Share.

Leave A Reply