play_circle_outline On Air

लोक ढुकढुकी

play_circle_outline On Air

लोक ढुकढुकी

एसियाडको समापन आज, चीनको दबदबा

0

भदौ,१७ ।
एसियाली देशहरुको सर्वाधिक प्रतिष्ठित खेलकुद प्रतियोगिताका रुपमा रहेको एसियन खेलकुद प्रतियोगिताको आज औपचारिक समापन हुँदै छ । प्रतियोगितामा नेपालले २९ खेलमा १ सय ८५ खेलाडी सहभागिता जनाए पनि एसियाडमा पहिलो पटक सहभागि गराइएको प्याराग्लाइडिङका क्रस कन्ट्रि इभेन्टमा नेपालले एकमात्र पदक जित्न सफल भयो । नेपाली टिमले रजत पदक जित्दै नेपालको इज्जत जोगाएको थियो । गेलारो बुङ कार्ने रंगशालामा आइतबार एक भब्य समारहोबीच प्रतियोगिताको समापन गर्ने तयारी गरिएको छ । १८ अगस्ट देखि २ सेप्टेम्बर सम्म जकर्ता र पालेम्वाङमा चलेको एसियाडमा ११ हजार ७ सय २० खेलाडीले ४० खेलका विभिन्न विधामा ४६२ स्वर्णका लागि प्रतिष्पर्धा गरेका थिए ।

यो पटक पनि चीनले नै पदक तालिकामा पहिलो स्थानमाथि कब्जा जमाएको छ । आचश्र्यजनक रुपमा आयोजक इन्डोनेसिया चौथो स्थानमा रहेको छ । चीनले आज सम्म सर्वाधिक १ सय ३२ स्वर्ण जितेको छ । समग्रमा चीनले २ सय ८९ पदक जितेकोछ । जापानले चीनलाई पछ्याउन नसके पनि आफ्नो दोस्रो स्थान सुरक्षित गरेको छ । जापानले अहिलेसम्म ७५ स्वर्ण जित्यो । दक्षिण कोरिया ४९ स्वर्णका साथ तेस्रो स्थानमा छ । यसपटकको एसियाडमा सरप्राइज राष्ट्र इन्डोनेसिया बन्यो उसले ३१ स्वर्ण हात पारेको छ ।

 

Share.

Leave A Reply