१७ भदौ, अमेरिकी सेनाले पाकिस्तानलाई दिने भनिएको ३० करोड अमेरिकी डलर नदिने निर्णय गरेको छ ।पाकिस्तानले आतंकवाद नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै सहयोग रकम रोक्का गर्ने निर्णय गरिएको हो ।अमेरिकी रक्षा मन्त्रालयका लेफ्टिनेन्ट कर्णेल कोनी फाकनरले विज्ञप्ति निकाली पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएका कारण सहयोग रकम रोक्का गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।यसअघि ट्रम्प प्रशासनले पाकिस्तान उग्रवादीको अखडा बनेको र पाकिस्तानको आडमा अफगानिस्तानमा १७ बर्षदेखि आतंकवाद मौलाएको आरोप लगाएको थियो ।
यद्यपि, पाकिस्तानले भने अमेरिकी भनाईप्रति आपत्ति जनाएको छ ।यसअघि पनि अमेरिकी सेनाले पाकिस्तानलाई दिने भनिएको ५० हजार अमेरिकी डलरको सहयोग रद्द गरेको थियो ।अमेरिकी निर्णयले नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भने झट्का लागेको छ ।पाकिस्तानको सत्ता सम्हालेलगत्तै अमेरिकाले सहयोग रकम रोक्का गर्दा खानलाई अप्ठेरो परेको हो ।अमेरिकाले पाकिस्तानका लागि हालसम्म ३३ अर्ब अमेरिकी डलर सहयोग गरिसकेको छ । (एजेन्सी)
पाकिस्तानलाई दिने भनिएको ३० करोड डलर रोक्ने अमेरिकी सेनाको निर्णय
0
Share.