play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

यती एयरलाइन्सको विमान दुर्घटनाका कारण बन्द भएको त्रिभुवन विमानस्थल १२ घण्टापछि खुल्यो

0

१७ भदौ, यती एयरलाइन्सको विमान दुर्घटनाका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झण्डै १२ घण्टापछि खुलेको छ ।गएराति करिब पौने ९ बजे दुर्घटना भएपछि बन्द भएको विमानस्थल आज बिहान करिब साढे ८ बजेबाट सञ्चालनमा आएको हो । विमान दुर्घटना भएपछि विमानस्थलबाट गए रातिदेखि नै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प भएको थियो ।त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार नागरिक उड्डयन प्राधिकरण, विमानस्थलका कर्मचारी, सुरक्षाकर्मीको संयुक्त टोलीले विमानलाई तानेर धावनमार्गबाट पार्किङवेमा पुर्‍याएका छन् । त्यसलगत्तै धावनमार्गमा सरसफाइ गरेर विमानस्थल सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको नाइन एन एएचडब्लुको जेट स्टि्रम विमान गए राति अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेर धस्सिएको थियो । सो क्रममा विमानमा सवार पाँच जना यात्रु सामान्य घाइते भएका छन् ।

Share.

Leave A Reply