play_circle_outline On Air

उकाली ओराली

play_circle_outline On Air

उकाली ओराली

गुण्डागर्दीमा संलग्न रहेको आरोप लागेका दावा लामा भारतको नयाँदिल्लीमा पक्राउ

0

भदौ १६ ।
गुण्डागर्दीमा संलग्न रहेको आरोप लागेका दावा लामा पक्राउ परेका छन् । लामा दुबईबाट आइरहेका बेला भारतको नयाँदिल्लीमा पक्राउ परेको बताइएको छ । सिक्किममा बसेर जुवा खेलाउने गरेको आरोपसमेत लागेका उनलाई कोलकत्ता प्रहरीलाई सुम्पिएको बताइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनलाइन जुवा खेलाएको अभियोगमा लामालाई खोजी गरिरहेको थियो । २०७३ चैत २९ गते काठमाडौंको गौरीघाटमा दावामाथि गोली प्रहार भएको थियो । गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउस’मा लामामाथि गोली प्रहार भएको थियो । विभिन्न अपराधमा आरोपित लामा २०६७ सालदेखि पटकपटक जेल पर्दै र छुट्दै आएका थिए ।

Share.

Leave A Reply