play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

निर्मला पन्त हत्याको प्रमाण प्रहरीले नष्ट पारेको काँग्रेको आरोप

0

भदौ १६,

कञ्चनपुर ।
नेपाली कांग्रेसले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याका प्रमाण प्रहरी प्रशासनले नै नष्ट गरेको आरोप लगाएको छ । घटना स्थल महेन्द्रनगर पुगेर स्थलगत अवलोकन गरी तयार पारेको प्रतिवेदनमा प्रहरी अपराधीलाई समाउन भन्दा पनि उसलाई जोगाउनमा लागेको आरोप लगाएको छ । घटनाका बारेमा छानविन गर्न गृहमन्त्रालयले पठाएको टोलीले उचित प्रमाणको अभावमा छानविन कार्यलाई अघि बढाउन नसकेको निष्कर्ष छानविन समितिले आरोप लगाएको छ । काँग्रेसले घटनाका दोषी पत्ता लगाई कारवाही गर्न, प्रमाण नष्ट गर्ने प्रहरी अधिकारीलाई छानविन र कारवाहीको दायरामा ल्याउन पनि माग गरेको छ । काँग्रेसले उक्त घटनाका बारेमा तयार पारेको प्रतिवेदन आजै दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउँदै छ ।

Share.

Leave A Reply