प्यालेस्टाइनी शरणार्थीलाई दिँदै आएको सहयोग बन्द गर्ने अमेरिकाको घोषणा

0

भदौ १६ । अमेरिकाले प्यालेस्टाइनी शरणार्थीलाई दिँदै आएको सबै खाले सहयोग बन्द गर्ने घोषणा गरेको छ ।संयुक्त राष्ट्र संघअन्तर्गत प्यालेस्टाइनी शरणार्थी संस्थाहरुलाई दिँदै आएको सहयोग बन्द गर्ने निर्णय गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको हो । राष्ट्रसंघीय सहायता तथा कार्य एजेन्सीले भने यस कदमलाई अत्यन्तै निराशाजनक र गलत निर्णय भएको टिप्पणी गरेको छ ।
अमेरिकी प्रशासनले निकै सतर्कतापूर्वक पुनरावलोकन गरेर सहयोग बन्द गर्ने निर्णयमा पुगेको विदेश मन्त्रालयका प्रवक्ता हेदर नाउएर्टले जनाएका छन् । प्यालेस्टाइनी राष्ट्रपति मोहम्मुद अब्बासले भने यो निर्णय प्यालेस्टाइनी जनताविरुद्धको प्रहार भएको टिप्पणी गरेका छन् । यस्तोखाले यातना धेरै नटिक्ने र यस्ता निर्णयले यस क्षेत्रमा अमेरिकाको भूमिका धेरै लामो दिन नरहने पनि अब्बासले उल्लेख गरेका छन् । (एजेन्सी)

Share.

Leave A Reply