play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

माडीमा आजबाट स्टार कप फुटबल प्रतियोगिता हुदै

0

जिबन रानाभाट
भदौ १६, हरितालिका तीज तथा स्टार स्पोर्टस् क्लब, बरुवाको २२ औं बार्षिकोत्सवका अवसरमा आज देखि माडीको बरुवामा स्टार कप फुटबल प्रतियोगिता शुरु हुदै छ ।प्रतियोगिताको माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा विशिष्ट अतिथिहरुमा माडी नगरपालिकाकि उपमेयर ताराकाजी महतो,माडी खेलकुद बिकाश समितिका अध्यक्ष्य हरि भुसाल,चितवन फुटबल संघका अध्यक्ष्य श्रीकृष्ण कार्की त्यस्तै अखिल नेपाल फुटबल संघकि उपाध्यक्ष्य अरुणा लामा लगायत रहने खेल संयोजक अमित लामाले जानकारी दिनुभयो स्टार स्पोर्टस क्लबले हरेक बर्ष तीजको अवसर पारी स्टार कप फुटबल सञ्चालन गर्दै आइरहेको छ ।उद्घाटन खेलमा आज दिउसो ३ बजे आयोजक स्टार स्पोर्ट्स क्लब बि रातो ले सोमेश्वर युवा क्लब सिधुवाको सामना गर्ने छ
माडीभरिका ३२ टिमको सहभागिता रहेको  प्रतियोगिताको बिजेतटिमले ७५ हजार ५ सय ५५ र उपविजेता हुने टिमले ३७ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने छ भने प्रतियोगिताका बेष्ट किपर, बेष्ट डिफेन्स, बेस्ट मिडफिल्ड, बेस्ट स्ट्राइकर, उत्कृष्ट खेलाडी, हाइ स्कोर तथा प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित गरी पुरस्कृत गरिने छ । भदौको २८ गते सम्म सञ्चालन हुने यो खेलबाट ‘माडी ११ टिम’ छनौट भई माडी नगरपालिकाको प्रतिनिधित्व हुनेगरी जिल्ला स्तरिय खेल खेल्न जाने व्यवस्थापन नगर खेलकुद बिकास समितिले गर्ने छ ।प्रतियोगितालाई व्यवस्थित र व्यवसायिक बनाउन यसपटक खेल अवलोकनको प्रवेश शुल्क रु २० राखिएको छ । टिकटबाट गोलाप्रथामार्फत हरेक दिन १ जनालाई रु १२ सय बराबरको हाँस उपहार प्रदान गरिने छ भने टिकटबाट संकलित रकमको अक्षय कोष खडा गरी माडीभरका एक गरीब तथा उदीयमान खेलाडी छनौट गरी उहाँको उच्च शिक्षामा लगानी गरिने छ ।

Share.

Leave A Reply