स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्ने ः स्वास्थ्य मन्त्री यादव

0

चितवन,भदौं १५ ।

उपप्रधान तथा स्वस्थ्य मन्त्री उपेन्द्र यादवले राजनितिको फोहोरी खेल र भष्ट्रचार अन्त्य भए देशको मुहार आफै फेरिने बताएका छन् । वी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित अन्तरंग भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले स्वास्थ्य शिक्षा जस्ता संवेदनशिल क्षेत्रलाई राजनैतिक भर्तिकेन्द्र बनाएर देशलाई बर्बाद पार्न नहुने बताए ।

उनले विदेशिले निर्माण गरिदिएका संस्थाहरुलाई देखाएर आफ्नो तारिफ र बहादुरी देखाउने परिपाटी अन्त्य हुनुपर्ने बताए । देशमा आधारभूत स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्ने भन्दै मन्त्री यादवले यस क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने बताए । उनले स्वास्थ्य क्षेत्रमा भएको ४ प्रतिशत लगानीले जनतालाई सर्वसुलभ र सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न नसकिने प्रष्ट पारे । देशका नागरिक स्वस्थ्य र शिक्षित भए देश आफै बन्ने मन्त्री यादवको दावी छ । क्यान्सरका विरामी उपचार गर्ने चिकित्सक र प्राविधिक देशमै उत्पादन गर्ने र उनिहरुको क्षमता नेपालमै प्रयोग गर्न सकिने मन्त्री यादवको भनाई छ । चितवनलाई मेडिकल सेन्टर बनाउन सवै कुराले सम्भावना भएकाले अन्य देशमा नागरिक पनि नेपालमै उपचार गराउन आउने अस्पतालको रुपमा क्यान्सर अस्पताललाई बिकसित गर्नुपर्ने मन्त्री यादवले बताए ।

Share.

Leave A Reply