play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

वरिष्ठ कलाकार रिमालको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

0

भदौ,१५ ।
नेपाली नाट्यजगतमा अतुलनीय योगदान र्पुयाएका हरिप्रसाद रिमालको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । ९३ वर्षको उमेरमा आज बिहान घरमै रिमालको निधन भएको थियो । रिमालको निधनले नेपाली नाट्य, गायन र सांगीतिक क्षेत्रका लागि अपूरणीय क्षति पुगेको छ । नाटककार स्व बालकृष्ण समको मुकुन्द इन्दिरामा १४ वर्षको उमेरमा अभिनय शुरु गर्नुभएका रिमालले चलचित्र आमाबाट नेपाली चलचित्रमा अभियन यात्रा शुरु गर्नुभएको थियो । उहाँ विसं २००७ मा रेडियो नेपालबाट प्रसारण गरिएको ‘मेरो दिल टुक्रा टुक्रा… बोलको गीत गाएर प्रथम गायकको रूपमा स्थापित हुनुभयो । उहाँले गाउनुभएको ‘बिना बादल असिना झ¥यो’, ‘फगत एक नजरमा’ जस्ता दर्जनौँ सदाबहार चर्चित छन् । यसैबिच, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साङ्गीतिक क्षेत्रका मूर्धन्य व्यक्तित्व हरिप्रसाद रिमालको निधनप्रति दुःख व्यक्त गर्नुएको छ । उहाँले आज ट्विटमार्फत स्व रिमालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदनासमेत व्यक्त गर्नुभएको हो ।

Share.

Leave A Reply