play_circle_outline On Air

घरदुवार

play_circle_outline On Air

घरदुवार

चौथो शिखर सम्मेलन १८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

0

भदौं, १५ ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । बैठक बिमस्टेक सदस्य मुलुकबीच कनेक्टिभीटीमा जोड दिँदै सम्पन्न भएको हो । पाँचौं शिखर सम्मेलन श्रीलंकामा हने भएको छ । आजै बिमस्टेकको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण पनि भएको छ ।

बैठकमा सदस्य मुलुकबीच विद्युत प्रसारण लाइनको अन्तरदेशीय मार्ग बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी ओलीले सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याएकोमा सहभागी राष्ट्र तथा सरकार प्रमुखहरुलाई धन्यवाद दिएका छन् ।

Share.

Leave A Reply