play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

रक्सौल–काठमाडौं रेलवे लाइनको सर्भे सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने

0

भदौं, १५ ।
नेपाल र भारतबीच रक्सौल–काठमाडौं रेलवे लाइनको सर्भे सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । बिमस्टेकको चौथो शिखर सम्मेलन समापनपछि हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको द्विपक्षीय वार्तामा काठमाडौं–वीरगञ्ज रेलवे लाइनको सर्भे सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ । यसअघि नै भएको द्विपक्षीय सहमति अनुसार समझदारी पत्रमा आज हस्ताक्षर हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच एक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार पारेर पाँच वर्षभित्र रेलवे लाइन निर्माण सम्पन्न गर्ने सहमति भएको थियो । बिमस्टेकको चौथो सम्मेलन आज दिउँसो १ बजे काठमाडौं घोषणा पत्र जारी गर्दै सकिँदैछ । सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय वार्ता हुने कार्यक्रम छ ।

Share.

Leave A Reply