play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

बम दिदी बहिनीसंग वयान लिन सुरु

0

महेन्द्रनगर ,भदौ १४ ।
जबरजस्ती करणी पछि हत्या गरिएकी बालिका निर्मला पन्तको घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरिएका बम दिदी बहिनीसंग प्रहरीले वयान लिन सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका बबिता र रोशनी बमसंग घटनाबारे वयान लिन थालिएको हो। भीमदत्त नगरपालिका –२ महुलिया, उल्टाखाम निवासी कक्षा नौ मा अध्ययनरत १३ बर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको वास्तविकता बुझ्न सरकारले उच्चस्तरीय छानविन समितिको टोली महेन्द्रनगर खटाएको छ। साउन १० गते दिउँसोेदेखि वेपत्ता भएकी निर्मलाको शव दोस्रो दिन अर्थात साउन ११ गते भीनपा – १९ बाँगफाटास्थित खोला छेउको उखुबारीमा फेला परेको थियो। साथी रोशनीको घरमा दिउँसो गृहकार्य गर्न गएपछि निर्मला वेपत्ता भएकी थिइन्।
यता जिल्ला न्यायाधिवक्ताले निष्पक्ष अनुसन्धान गर्न नौं बुँदे निर्देशन दिएका छन्। प्रहरीले घटनाको आरोपमा पक्राउ गरेका ४१ बर्षिय दिलीपसिंह बिष्टको डिएनए जाँचको रिपोर्ट, बिष्टको मानसिक स्वास्थ्य अवस्थाको रिपोर्ट, प्रहरीले घटनास्थलमा भेट्टिएको भनेको बिष्टको सर्टको खल्ती (गोजी) को टुक्राको परीक्षण रिपोर्ट, घटनास्थलको स्केच (चित्र), घटनामा सलग्नताको आशंका हिरासतमा राखिएका बम दिदीबहिनीको घर र त्यहाँदेखि घटनास्थलको दुरी लगायतका प्रमाण पेश गर्न आग्रह गरेको छ।

Share.

Leave A Reply