play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

मापसे गरी होहल्ला गरे गाउँ निकाला

0

भदौ १४ ।
रक्सी पिउने विषयमा कानुनी रोक छैन । केही कडाई छ, ट्राफिक प्रहरीले रक्सी पिएर सवारी चलाउँदा चिट काट्छ कक्षा दिन्छ । तर, नेपालको एउटा समुदायले रक्सी पिउनेविरुद्ध छुट्टै सामाजिक कानुन बनाएको छ । झापाको गौरीगञ्जस्थित नेपाल मुस्लिम नागरिक समाजले मापसे गरी होहल्ला गर्ने, सद्भाव विथोल्ने मुसलमान समुदायका लागि तीन पटकसम्म जरिवाना गराउने निर्णय गरेको छ । तीन पटकसम्म जरिवाना तिरेर पनि त्यस्तो काममा निरन्तरता दिए समुदायबाट बहिस्कारको घोषणा गरी गाउँ निकालासम्मको निर्णय गरिएको छ । जरिवाना तिर्दै जाने तर मापसे गर्न नछाड्ने हो भने समाजबाट त्यस्ता व्यक्तिलाई बहिष्कार गरिने निर्णय भएको उनले बताए । गौरीगञ्ज गाउँपालिकामा मुस्लिम समुदायको बाक्लो बसोबास छ ।

Share.

Leave A Reply